३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन



अ+ अ-

वालिङ । आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा पहिरो झरेको थियो । पोखराबाट आएको सडक विभागको डोजरले बाटो खुलाएसँगै अहिले त्यहाँ रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । अहिले एकतर्फी खोलेर पुनः सञ्चालन गरिएको छ । दुईतर्फी खुलाउन पहल भइरहेकाले अझै केही समय लाग्ने छ । रासस