२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुर्सी प्राप्तिका लागि गरिएको गठबन्धनको आयु लामो छैन : निवर्तमान मुख्यमन्त्री गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको गठबन्धन सरकारको आयु लामो नभएको बताएका छन् । गुरुङले गठबन्धनलाई अप्राकृतिक भन्दै उनले गठबन्धनको आयु लामो नहुने टिप्पणी गरेका हुन् ।

 ‘कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन,’ गुरुङले भने, ‘मेरो भूमिकामा फरक पर्ला तर प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यतामा म अडिग छु ।’

आइतबार पोखरामा पत्रकार सम्मेलनमा गुरुङले ​गण्डकीमा एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने बताए ।

राजनीति फोहोरी खेल नभएपनि राजनीतिमा फोहोरी मान्छेको प्रवेशले नेपालको राजनीतिमा समस्या देखिने बताए ।