२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

पक्राउ परेका १० भारतीयले कसरी लिए नेपाली नागरिकता ?

पक्राउ परेका १० भारतीयले कसरी लिए नेपाली नागरिकता ?
अ अ+ अ-

काठमाडौँ । झुटा विवरण पेश गरी १० भारतीयले नेपाली नागरिकता लिएको पाइएको छ । यसरी सक्कली नागरिकता प्राप्त गरेपछि भारतीयले घर जग्गा खरिद गरी व्यापार व्यवसाय गरिरहेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भारतको उत्तर प्रदेशका उनीहरुले तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देहीलगायतबाट नेपाली नागरिकता लिइएको भेटिएको छ । उनीहरुलाई पक्राउ गरी आज थप कारबाहीका लागि कार्यालयले जिल्ला प्रहरी परिसर टेकुका बुझाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

उनीहरुलाई काठमाडौँको शङ्खमुल, कलङ्की, बागबजार, गोङ्गबु, बानेश्वरलगायतका स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो । उनीहरुलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाही गरिने जनाइएको छ । पक्राउ पर्नेमा राहुल गुप्ता, भरतप्रसाद गुप्ता, ज्ञानमतीदेवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रवेश गुप्ता, भरत गुप्ता, स्नेहलता गुप्ता, मिनादेवी गुप्ता र राजेशकुमार गुप्ता रहेका छन् ।

भरतप्रसाद गुप्ताले सिरहाको रामनगर मिर्चैया–२ बस्ने शिव शङ्करप्रसाद गुप्ताको छोराको नाममा २०६३ मै जन्मको आधारमा नेपाली नागरिकता लिएको देखिएको छ । राहुल गुप्ताले भरतप्रसाद गुप्ताको छोरा बनेर नागरिकता लिएको पाइएको छ । पक्राउ परेकी अर्का भारतीय नागरिक ज्ञानमतीदेवी गुप्ताले भरतप्रसाद गुप्ताको श्रीमती बनेर वैवाहिक अङ्गिकृत नेपाली नागरिकता लिएको पाइएको छ । पक्राउ परेका अर्का भारतीय नागरिक भरत गुप्ताले जिल्ला प्रशासन कार्यालय बाराबाट जन्मका आधारमा नागरिकता लिएको पाइएको छ ।

स्नेहलता गुप्ताले जिल्ला बारा निजगढ–८ बस्ने रामेश्वरप्रसाद गुप्ताको छोरी बनेर बंशजको आधारमा नागकिरता लिएको पाइएको छ । गोपाल गुप्ताले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट नेपाली नागरिकता लिएको देखिएको, राजेशकुमार गुप्ताले जिल्ला बाराका दिनेशप्रसाद गुप्ताको छोरा बनेर जन्मको आधारमा नागरिकता लिएका छन् ।

मिनादेवी गुप्ताले जिल्ला बारा निजगढ–८ बस्ने रामानन्द साहको छोरी राजेशकुमार गुप्ताको श्रीमती बनेर बंशजको आधारमा, रामप्रवेश गुप्ताले मोहन गुप्ताको छोरा बनेर रुपन्देहीबाट, रामसुन्दर गुप्ताले मोहन गुप्ताको छोरा बनेर नागरिकता लिएका छन् ।

उनीहरुको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक रहेको पाइएको छ । प्रहरीले उनीहरुबाट नेपाली नागरिकतासहित भारतीय राजदूतावासबाट भारतीय नागरिक भएको सिफारिस पत्र, भारतीय सवारी चालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायतका कागजात बरामद गरिएको प्रहरीले जनाएको छ । रासस