२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिल र साहाको विष्फोटक ब्याटिङमा गुजरातले दियो लखनउलाई २२८ रनको विशाल लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले लखनउलाई २२८ रनको विशाल लक्ष्य दिएको छ ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा २ विकेटको क्षतिमा २२७ रन जोड्यो । गुजरातका लागि शुभमन गिल ५१ बलमा ९४ रनमा अविजित रहे । उनको ब्याट्बाट २ चौका र ७ छक्का प्रहार भयो ।

यस्तै, ऋद्धिमान साहाले ४३ बलमा ८१ रन जोडे । उनले १० चौका र ४ छक्का प्रहार गरे । हार्दिक पाण्ड्याले १५ बलमा २५ रन जोडे । डेभिड मिलर १२ बलमा २१ रनमा अविजित रहे ।

बलिङतर्फ लखनउका मोहशीन खान र आभेश खानले एक–एक विकेट लिए ।