५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदो रहेनछ – आरजु राणा देउवा



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले आफूमाथि अनेक लान्छना लगाइने गरेको बताएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुले आफू नभएको दिनमा समेत संसद्मा आफ्ना नाम इंगित गरेर प्रश्न उठेको गुनासो गरेकी हुन् ।

उनले भनिन् ‘नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदो रहेनछ । मिसोजनी भन्ने एउटा शब्दावली छ । जसको अर्थ हुन्छ – पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने हुन्छ । पब्लिक लाइफमा आएपछि पुरुषलाई असह्य हुने गर्छ । जसले जति क्रिटिसाइज गरेपनि बिराएको छैन, डराउँदिनँ ।’

यस्तै, उनले आफ्नो सम्पत्ति विवरण राज्यसँग सुरक्षित रहेको दाबी समेत गर्दै भनिन्, ‘हामीले सम्पत्ति विवरण बुझाउने गरेका छौँ । मेरो श्रीमान् पाँच पटक प्रधानमन्त्री भइसक्नुभएको छ । मेरो लगायत हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । हामी सबै सांसदको सम्पत्ति विवरण मागेर वेबसाइटमा राखियोस् । जनताले थाहा पाउने गरी कसले कति सम्पत्ति कमाएको छ त्यो सबै राखियोस् ।’