![](https://newspolar.com/wp-content/uploads/2023/05/rajendra-lingden.png)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरोसम्म पुगेर छानबिन गर्न माग गर्नुभएको छ ।
राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विगतका एनसेल, वाइड बडी, ललिता निवास जस्ता ठूला भ्रष्टाचारको फाइल खोल्न आग्रह गर्दै यदि त्यस्ता ठूला भ्रष्टाचारको फाइल खोल्न सके प्रधानमन्त्री प्रचण्डले कति वर्ष सरकारको नेतृत्व गर्ने त्यसको समर्थन राप्रपाले गर्ने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै भन्नुभयो, “क्यान्टोनमेन्टमा भएको अनियमितता के हो ? आफूलाई चोखो छु भन्ने लाग्छ भने प्रचण्डजी, आफ्नो टाउकोमाथि लागेको आरोपबाट मुक्त हुने सामर्थ्य देखाउनुस् । होइन भने भ्रष्टाचारको डंगुरमाथि बसेर सुशासनको कुरा धेरै दिन टिक्दैन ।”