९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आईपीएलः हैदरावादविरुद्ध लगातार तेस्रो जितको खोजीमा राजस्थान

आईपीएलः हैदरावादविरुद्ध लगातार तेस्रो जितको खोजीमा राजस्थान
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार हुने दोस्रो खेलमा राजस्थान रोयल्स (आरआर) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच प्रतिस्पर्धा हुँदैछ ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा दुई टोलीबीचको भिडन्त साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

यदि राजस्थानले हैदरावादविरुद्ध जित निकालेमा यो उसको हैदरावादमाथि लगातार तेस्रो जित हुनेछ । राजस्थानले यो सिजन अहिलेसम्म खेलेका १० मध्ये ५ खेलमा जित निकालेको छ भने समान ५ खेलमा हार बेहोरेको छ । हाल टोली १० अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । राजस्थानले पछिल्लो दुई खेलमा हार बेहोरेको छ ।

हैदरावादविरुद्ध राजस्थानका ४ विदेशी खेलाडी जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट र एडम जाम्पा हुन सक्छन् । यसबाहेक यशस्वी जैसवाल, सञ्जु सामसन र रविचन्द्रन अश्विनजस्ता भारतीय खेलाडी उत्कृष्ट लयमा छन् ।

हैदरावादले यो सिजन हालसम्म खेलेका ९ खेलमा तीन जित हात पारेको छ भने ६ खेलमा हार बेहोरेको छ । हैदरावाद तालिकामा पुछारमा छ । राजस्थानविरुद्धको टोलीका ४ विदेशी खेलाडी एडेन मार्कराम, ह्यारी ब्रुक, हेनरिक क्लासेन र मार्को यानसेन हुन सक्छन् ।

सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स, यी दुवै टोलीले लिगमा एक–एक उपाधि जितेका छन् । राजस्थान रोयल्स लिगको पहिलो सिजनमै च्याम्पियन बनेको थियो । यस्तै, सन् २०१६ मा सनराइजर्स हैदरावाद विजेता बनेको थियो । प्रतियोगितामा दुवै टोली १७ पटक आमनेसामने भएका छन् । जसमा राजस्थानले ९ र हैदरावादले ८ खेल जितेको छ ।

सवाई मानसिंह स्टेडियमको पिचले बलरहरूलाई मद्दत गर्छ । बलरका लागि पिच यति राम्रो छ कि यहाँ कुनै पनि टोलीले ठूलो स्कोर गर्न सक्दैन । यस मैदानमा टी–२० मा, यहाँ सानो स्कोर मात्र हुने गरेको छ । पहिले बलिङ गर्ने टोलीलाई खेलमा धेरै मद्दत मिल्दछ ।

जयपुरको मौसम तातो हुनेछ । जयपुरमा आइतबारको तापक्रम २५ देखि ३८ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान र विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, ध्रुव जुरेल, ट्रेन्ट बोल्ट, एडम जाम्पा, युजवेन्द्र चहल र सन्दीप शर्मा ।

सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), ह्यारी ब्रुक, मयंक अग्रवाल, हेनरिक क्लासेन (विकेटकिपर), अभिषेक शर्मा, अब्दुल समद, मार्को यानसेन, भुवनेश्वर कुमार, मयंक मार्कंडे, कार्तिक त्यागी र टी नटराजन ।