५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः गांगुली–कोहलीले हात मिलाए



अ+ अ-

एजेन्सी । एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) –१६ को ५० औँ खेल शनिबार राति अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्स (डिसी) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बीच भएको थियो । सो खेलमा दिल्लीले ७ विकेटले जित हात पारेको छ । यो खेलपछि भारतीय पूर्व कप्तान विराट कोहली र सौरभ गांगुली हात मिलाउँदै देखिएका थिए । यसअघि दुवैबीच मनमुटाव भएको खबर आएको थियो ।

बैंगलोर र दिल्ली प्रतियोगितामा दोस्रो पटक आमनेसामने भएका हुन् । दुवै टोली १५ अप्रिलमा बैंगलोरमा भिडेका थिए । उक्त खेल बैंगलोरले २३ रनले जितेको थियो । गांगुली दिल्ली क्यापिटल्सका निर्देशक हुन् । खेलको एक समयमा कोहली बाउन्ड्री लाइनमा फिल्डिङ गरिरहेका थिए । फिल्डिङ गर्दा कोहलीले गांगुलीलाई हेरे पनि गांगुलीले विराटलाई पटक्कै हेरेनन् । यति मात्र होइन, जब खेलपछि दुवै टोलीका खेलाडी र कर्मचारीले हात मिलाए, तब पनि कोहली गांगुलीभन्दा अगाडि गए । दुवैले हात मिलाएनन् ।

स्रोतका अनुसार गांगुली र कोहलीबीच केही कुरालाई लिएर विवाद भएको बताइएको छ । त्यसैले दुवैले हात नमिलाए पनि शनिबारको खेलपछि भने दुवै जना मुस्कुराउँदै हात मिलाएका थिए ।

कोहली र बीसीसीआई अध्यक्ष गांगुलीबीचको विवाद
२०२१ मा कोहलीलाई एकदिवसीय र टी–२० कप्तानबाट हटाएपछि बीसीसीआईका तत्कालीन अध्यक्ष सौरभ गांगुलीले एक मिडिया हाउससँगको कुराकानीमा भने कि ओडीआई कप्तानी सम्हाल्नुअघि कोहलीसँग कुरा भएको थियो र उनको सहमतिपछि कोहलीलाई कप्तानबाट हटाइएको थियो ।

गांगुलीले भनेका थिए कि बीसीसीआईले विराटलाई टी–२० कप्तानबाट नछोड्न आग्रह गरेको थियो, तर विराटले मानेनन् र राजीनामा दिए । सीमित ओभरको क्रिकेटमा दुई फरक कप्तान राख्ने निर्णय उनलाई मन परेन । यसपछि उनले चेतन शर्मासँग विराटलाई राखेर कुरा गरे र उनलाई सम्पूर्ण भिजन बताए । यसपछि मात्र रोहितलाई दुवै ओडीआई र टी–२० को कप्तान बनाइएको थियो ।

यसपछि विराटले पत्रकार सम्मेलनमा गांगुलीको भनाइलाई गलत भनेका थिए । उनलाई बीसीसीआईका अधिकारीहरूले ९० मिनेट अगाडि भनेका थिए कि अब उनको स्थानमा रोहित ओडीआई टोलीको कप्तान हुनेछन् ।

यसअघि बीसीसीआईले उनीसँग कुनै वार्ता गरेको थिएन । कोहलीले भने, ‘जब मैले टी–२० को कप्तानी छोडेको थिएँ, म सबैभन्दा पहिले बीसीसीआई गएँ । आफ्नो निर्णयबारे जानकारी गराए । मैले आफ्ना विचार र चिन्ताहरू राखें । बोर्डले यसलाई स्वीकार गर्यो र मेरो कठिनाइ बुझ्यो । एकपटक पनि उनले मलाई मेरो निर्णयमा पुनर्विचार गर्न भनेनन् ।’