२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईले मुम्बईलाई ६ विकेटले हरायो



अ+ अ-

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईको चेपौक मैदानमा १४० रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

चेन्नईलाई जित दिलाउन डेभोन कोनवेले ४२ बलमा ४४, ऋतुराज गायकवाडले १६ बलमा ३०, अजिंक्ये रहाणेले १७ बलमा २१, अम्बाती रायुडुले ११ बलमा १२ रन जोड्दा शिबम दुबे १८ बलमा २६ रनमा तथा महेन्द्र सिंह धोनी ३ बलमा २ रनमा अविजित रहे ।

बलिङतर्फ मुम्बईका पियुष चावलाले दुई, त्रिस्तान स्तब्स र आकाश माधवालले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन जोड्यो । उसका लागि नेहाल वधेराले ५१ बलमा ६४ रन जोडेका थिए । सूर्यकमार यादवले २२ बलमा २६ रन जोड्दा त्रिस्तान स्टब्सले २१ बलमा २० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कप्तान रोहित शर्मा ३ बलमा शून्य रनमै आउट भए ।

बलिङतर्फ चेन्नईका मथिशा पथिरानाले तीन, दीपक चाहर र तुषार देशपाण्डेले दुई–दुई तथा रविन्द्र जडेजाले एक विकेट लिए ।