३१ भाद्र २०८३, बुधबार
,
Latest
विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूज एजेन्सी नेपाल आठौँ वर्षमा प्रवेश



अ+ अ-

काठमाडौ । निजी क्षेत्रको समाचार सेवा प्रदायक ‘न्यूज एजेन्सी नेपाल’ आजदेखि सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको  छ । आठौँ वर्षमा प्रवेश गरेको अबसरमा न्यूज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौडेलले बहुपक्षीय प्रभाव र जोखिम अनि आर्थिक रूपले असहज परिस्थिति सिर्जना भएको बेला  पनि सेवा प्रवाह गर्ने जिम्मेवारीबाट किञ्चित पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।

 उहाँले संकटमा समयमा सहयोग गर्ने समस्त ग्राहक, सहकर्मी, शुभचिन्तक, शुभेच्छुक र हामीलाई सहयोग, सुझाव, सल्लाह प्रदान गरी माया गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।  सक्रिय सञ्चार क्षेत्रको  सातवर्षे यात्रामा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आफुलाई स्वतन्त्र र निष्पक्ष समाचार सेवा प्रदान गर्ने संस्थाको छबि बनाउन सफल भएको भन्दै उहाँले  भरपर्दो, विश्वसनीय र सत्यतथ्यमा आधारित समाचार सेवा प्रदान गर्ने  ध्येयमा आगामी दिनमा पनि सहयोग, सद्भाव तथा सकारात्मक आलोचनाको अपेक्षा गर्नुभएको छ ।

सन्देशमा उहाँले स्थापनादेखि आजसम्म आउँदा  विभिन्न चुनौती सामना गर्नुपरेको स्मरण गर्दे  बाढी, पहिरो, भूकम्प, झडपलगायत जोखिमपूर्ण अवस्थामा सधैँ अग्रभागमा रहेर सूचना प्रवाह गर्ने दायित्व पूरा गर्दै आएका स्मरण गर्नुभएको छ ।  विश्वलाई नै तहसनहस बनाएको यस महामारीको विषम परिस्थितिमा पनि  पेसागत धर्म, दायित्व र जिम्मेवारी पूरा गर्ने सवालमा निरन्तर कार्यस्थलमा सक्रिय रहने अध्यक्ष पौडेलले प्रतिबद्धता जनाउनु भएको छ । 

उहाँले कर्तव्यप्रतिको जिम्मेवारीले कोभिड–१९ महामारीको जोखिमपूर्ण अवस्था, न्यून स्वास्थ्य सुरक्षा, कमजोर भौतिक पूर्वाधारका बीच समाचार सङ्कलन तथा छायाङ्कनका लागि अग्रस्थानमा रहेर अहोरात्र भूमिका निर्वाह गर्नुभएका सहकर्मीप्रति  व्यक्तिगत र संस्थागत रूपमा हृदयदेखि नै आभार प्रकट गर्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट एकै पटक १२ जना सहकर्मी सङ्क्रमित हुदा पनि अत्यन्तै न्यून सङ्ख्यामा रहेका साथीहरुबाट  समाचार सेवा प्रवाहमा आँच आउन नदिन देखाइएको अग्रसरता, जिम्मेवारी र कर्तव्यबोधप्रति उहाँले आभार ब्यक्त गर्नुभएको छ ।  

संकटको समयमा कर्तब्यपथमा क्रियाशिल सहकर्मीहरुलाई  गतवर्ष जस्तै यस वर्ष पनि प्रोत्साहनस्वरूप केही पारितोषिकको घोषणा गर्दे उहाले ग्राहकहरूलाई सेवामा लाग्ने न्यूनतम शुल्कमा विशेष छुटसहितको प्याकेजको पनि व्यवस्था गरेको जानकारी गराउनु भएको छ । अध्यक्ष पौडेलले  कोभिड महामारीको जोखिम कायमै रहे.का कारण सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी सुरक्षित रहन अनुरोध गर्नुभएको छ । 




भर्खरै