२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले मागे माफी



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी फरवार्ड एवं कप्तान लियोनल मेसीले क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेका छन् । ३५ वर्षीय मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी)को अनुमतिविनै साउदी भ्रमण गरेको भन्दै सो क्लबले दुई साताको निलम्बन गरिसकेको छ ।

क्लबबाट दुई साताको निलम्बनमा परेपछि मेसीले क्लब र क्लबका सहयात्रीसँग क्लबको अनुमतिविनै साउदी भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेका हुन् ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियो सन्देशमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचे कि हामीले खेल पछिको दिन बिदा लिनेछौं जुन अघिल्लो हप्ताहरूमा भएको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले रद्ध गरिसकेको थिए । तर, यसपटक सकिन ।’

पिएसजीमा मेसीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । सम्झौता र सिजनको अन्त्यसँगै मेसीले पीएसजी छाड्ने तयारी गरेका छन् ।