२५ श्रावण २०८३, सोमबार
,
Latest
१० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातले राजस्थानलाई उसकै मैदानमा ९ विकेटले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)–१६ को ४८ औं खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ ।

यो जितसँगै हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोलीले घरेलु मैदानमा राजस्थानसँगको हार बराबरी गरेको छ । पछिल्लो खेलमा राजस्थानले गुजरातलाई अहमदाबादमा ३ विकेटले पराजित गरेको थियो ।

चालू सिजनमा गुजरातले सातौं जित हात पारेको छ । टोलीको १४ अंक छ र गुजरात प्लेअफ प्रवेश गर्न एक जितबाट टाढा छ ।

सवाईमान सिंह रंगशालामा टस जितेर ब्याटिङ रोजेको राजस्थानको टोली १७.५ ओभरमा ११८ रनमा अलआउट भयो । गुजरातले १३.५ ओभरमा एक विकेट गुमाएर ३७ बल बाँकी रहँदै ११८ रनको लक्ष्य पुरा गर्यो ।

लगातार विकेट गुमाएपछि राजस्थानको टोलीले ठूलो स्कोर बनाउन सकेन । टोलीले सिजनको सबैभन्दा सानो स्कोर बनायो । आयोजकका लागि सञ्जु सामसन (३० रन) मात्रै केही समय टिक्न सके । गुजरातका रासिद खानले ३ विकेट लिए भने नूर अहमदले २ विकेट लिए ।

गुजरातका ओपनर ऋद्धिमान साहाले ४१, कप्तान हार्दिक पाण्डेयले ३९ र शुभमन गिलले ३६ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहलले एक मात्र विकेट लिए ।