३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मुक्केबाज रबिन आयोजक राष्ट्र उज्बेकिस्तानसंग पराजित



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा २०२३ को अप्रिल ३० देखि मे १४ तारिख सम्म सन्चालन हुने आईबिए पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिप – २०२३ मा नेपाली मुक्केबाज रबिन थापा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसंग पराजपत भएकाछन्  ।

नेपाली मुक्केबाज थापाले ४६-४८ किलो तौल समुहमा उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्ओ जिईभसंग नेपाली समय अनुसार बिहिबार साँझ ६:४५ बजे राउण्ड ३२ अन्तर्गत ईभिनिङ सेसन ७ को बाउट नम्बर १ रिङ्ग ‘बि’ मा प्रतिस्पर्धा गरेका थिए ।

नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेका अनुसार थापाले उत्कृष्ट खेल प्रदर्शन गर्दै ५:० अंकमा पराजित भएका थिए ।