२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी



अ+ अ-

कोलम्बो । श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गर्नु भएको छ ।

कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ३४ बमोजिम राष्ट्रपति रनिल विक्रमासिङ्घेले सो आममाफी दिनु भएको सञ्चारमाध्यमलाई बताउनुभयो ।

प्रवक्ता एकनायकेले विभिन्न शर्तका आधारमा यो आममाफी दिइएको बताउनु भएको छ । श्रीलङ्काले सामान्यतया स्वतन्त्रता दिवस र प्रमुख धार्मिक कार्यक्रमहरूमा कैदीहरूलाई माफी दिने गर्दछ।यो आममाफी हत्या, लागुऔषधको गम्भीर अपराध, बलात्कार र सशस्त्र डकैतीलगायत गम्भीर फौजदारी अपराधमा दोषी ठहर भएकाहरूका सन्दर्भमा भने लागू हुँदैन ।