९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोटसहित २ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले नक्कली नोटहरुबाट सामान किनबेच गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

नक्कली नोट कारोबार गर्ने जाजरकोट घर भइ हाल टोखा न.पा ७ बस्ने बर्ष ३१ कि सम्झना गहतराज, बाँके नेपालगन्ज घर भई हाल बागबजारस्थित युनिक होटलमा कोठा लिइ बस्ने बर्ष ३२ को सादाय हलुवाई पक्राउ परेका हुन् ।

गोप्य सुचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट सादा पोशाकका प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो । सम्झना गहतराजले गोकर्णेश्वर न पा ६ स्थित नँया बस्तीमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारी सोधपुछका क्रममा उनीसहित हलुवा पनि समातिएका हुन्।

प्रहरीले उनीहरुको साथबाट ४९ थान १००० को तयारी नोट, प्रीन्ट गरेको तर काट्न बाँकि रहेको १२६ थान १००० को नोट, ५०० को तयारी २ थान नोट, रंगिन पेपर ५० थान, फोटोकपी पेपर को रिमलगायतका सामग्री बरामत गरेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।