काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेको छ ।
अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवलाई निस्कासन गरेको थियो भने उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो ।
यस्तै आयोगले पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ ।