५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा भारत–पाकिस्तानबीचको खेल अहमदाबादमा हुने !



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुन सक्ने भएको छ । एकदिवसीय विश्वकप अक्टोबर–नोभेम्बरमा हुनेछ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारत र पाकिस्तानबीचको खेल अहमदाबादमा गर्ने योजना बनाएको छ । तर, यसको औपचारिक घोषणा भने भइसकेको छैन । मिडिया रिपोर्टका अनुसार बीसीसीआईले भारत र पाकिस्तानबीचको प्रतिष्ठित खेल अहमदाबादमा गर्ने निर्णय गर्दैछ ।

पाकिस्तानी टोलीले अन्तिम पटक सन् २०१६ मा टी–२० विश्वकप इडेन गार्डेनमा खेलेको थियो । पाकिस्तानको भिडन्त भारतसँग भएको थियो । जसमा भारत ६ विकेटले विजयी भएको थियो ।

विश्वकप अक्टोबर ५ बाट सुरु हुन सक्छ र यसका लागि १२ स्थानहरू सर्टलिस्ट गरिएको छ । जसमा चेन्नई र कोलकाता पनि पर्छन् । बाँकी १० स्थान अहमदाबाद, लखनऊ, मुम्बई, राजकोट, बैंगलोर, दिल्ली, इन्दोर, गुवाहाटी, हैदरावाद र धर्मशाला हुन् ।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पिबिसी)ले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई सुरक्षाका कारण देखाउँदै एकदिवसीय विश्वकपका सबै खेलहरू कोलकाताको इडेन गार्डेन र चेन्नईको चेपौक स्टेडियममा खेल्न अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्ः एसिया कपलाई लिएर विवाद जारी, भारत र पाकिस्तानबीचको लडाइँमा प्रतियोगिता अन्योल