२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा भारत–पाकिस्तानबीचको खेल अहमदाबादमा हुने !



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुन सक्ने भएको छ । एकदिवसीय विश्वकप अक्टोबर–नोभेम्बरमा हुनेछ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारत र पाकिस्तानबीचको खेल अहमदाबादमा गर्ने योजना बनाएको छ । तर, यसको औपचारिक घोषणा भने भइसकेको छैन । मिडिया रिपोर्टका अनुसार बीसीसीआईले भारत र पाकिस्तानबीचको प्रतिष्ठित खेल अहमदाबादमा गर्ने निर्णय गर्दैछ ।

पाकिस्तानी टोलीले अन्तिम पटक सन् २०१६ मा टी–२० विश्वकप इडेन गार्डेनमा खेलेको थियो । पाकिस्तानको भिडन्त भारतसँग भएको थियो । जसमा भारत ६ विकेटले विजयी भएको थियो ।

विश्वकप अक्टोबर ५ बाट सुरु हुन सक्छ र यसका लागि १२ स्थानहरू सर्टलिस्ट गरिएको छ । जसमा चेन्नई र कोलकाता पनि पर्छन् । बाँकी १० स्थान अहमदाबाद, लखनऊ, मुम्बई, राजकोट, बैंगलोर, दिल्ली, इन्दोर, गुवाहाटी, हैदरावाद र धर्मशाला हुन् ।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पिबिसी)ले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई सुरक्षाका कारण देखाउँदै एकदिवसीय विश्वकपका सबै खेलहरू कोलकाताको इडेन गार्डेन र चेन्नईको चेपौक स्टेडियममा खेल्न अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्ः एसिया कपलाई लिएर विवाद जारी, भारत र पाकिस्तानबीचको लडाइँमा प्रतियोगिता अन्योल