• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छैन– डिपी अर्याल



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने प्रस्ताव नआएको बताउनुभएको छ ।

सभापति लामिछानेलाई प्रधानमन्त्री बन्नका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको भन्दै सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुराना मन्त्रालयहरु दिन तयार रहनुभएको छ । रास्वपा प्रधानमन्त्री प्रचण्डको सरकारमा गएको बेला उसले गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय पाएको थियो ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशले पार्टी सभापति लामिछानेको सांसद पद गएसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पद पनि गुमेको थियो । लगत्तै रास्वपाका अन्य मन्त्री पनि सरकारबाट फिर्ता भएका थिए तर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

उपसभापति अर्यालका अनुसार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन जितेर आएको अवस्थामा रास्वपालाई पुरानो मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री प्रचण्ड तयार हुनुहुन्छ ।

रास्वपाको शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दैछ । बैठकले रास्वपा सरकारमा जाने वा नजाने भन्ने निर्णय गर्नेछ ।