• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित ★   प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित ★   राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित ★   हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छः अध्यक्ष नेपाल ★   खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेका विद्यार्थीको पढाइको ग्यारेन्टी लिन सरकारसँग माग ★   दुई पटक बयान दिएको व्यक्तिलाई फरार अभियुक्त बनाइयो, गृहमन्त्रीले जवाफ दिनुपर्छः सांसद खतिवडा ★   आर्थिक विधेयक,२०८१ मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना छैनः अर्थमन्त्री पुन ★   नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व: ओली



फाईल फोटो

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएको छ । आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन प्रयास गर्नुपर्ने बताउनुभयो ।

उहाँले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्मगस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले सन्देशमा भन्नुभएको छ, “लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो । यो बुद्ध दर्शनको उद्मस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।”

उहाँले आफू विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति उच्च सम्मानसमेत व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले नेपालको
रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भएको भन्दै एक घन्टाको यात्रामा तीनवटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने संयोग संसारमा कहीँ कतै नभएको समेत सन्देशमा उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीहरुसँगै पर्यटकको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिएको भन्दै बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएको समेत बताउनुभयो ।