• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

पूर्वराजा ज्ञानेन्द्र भोलि लखनऊ जाँदै



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (शुक्रबार) भारत, उत्तरप्रदेशको राजधानी लखनऊ जाँदै हुनुहुन्छ ।

नितान्त पारिवारिक र धार्मिक भ्रमणका क्रममा पूर्वराजा शाहसहित पूर्वरानी कोमल र परिवारका केही सदस्य लखनऊ जान लाग्नुभएको बताइएको छ ।

हाल नेपालका पश्चिमी क्षेत्रको भ्रमणमा रहनुभएका पूर्वराजा त्यतैबाट लखनऊ जाने हुनुभएको हो ।

उत्तरप्रदेशमा भारतको सत्तारुढ दल भाजपाका शक्तिशाली नेता योगी आदित्यनाथ मुख्यमन्त्री हुनुहुन्छ । उहाँले नेपाललाई राजतन्त्रसहितको हिन्दू राज्य बनाउनुपर्ने बताउँदै आउनुभएको छ ।