२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र भोलि लखनऊ जाँदै



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (शुक्रबार) भारत, उत्तरप्रदेशको राजधानी लखनऊ जाँदै हुनुहुन्छ ।

नितान्त पारिवारिक र धार्मिक भ्रमणका क्रममा पूर्वराजा शाहसहित पूर्वरानी कोमल र परिवारका केही सदस्य लखनऊ जान लाग्नुभएको बताइएको छ ।

हाल नेपालका पश्चिमी क्षेत्रको भ्रमणमा रहनुभएका पूर्वराजा त्यतैबाट लखनऊ जाने हुनुभएको हो ।

उत्तरप्रदेशमा भारतको सत्तारुढ दल भाजपाका शक्तिशाली नेता योगी आदित्यनाथ मुख्यमन्त्री हुनुहुन्छ । उहाँले नेपाललाई राजतन्त्रसहितको हिन्दू राज्य बनाउनुपर्ने बताउँदै आउनुभएको छ ।