५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौंँ–काठमाडौं प्रहरी प्रमुख कार्की



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीले नेकपा (एमाले) का सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको बताउनुभएको छ ।

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा लाखौँ असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उहाँको खोजी थालेको हो ।

काठमाडौँमा बुधबार पक्राउ पूर्जी जारी हुँदा उहाँ अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा सभामुख देवराज घिमिरे पनि सहभागी हुनुहुन्थ्यो ।

रायमाझी राति ९ बजे घिमिरेसँगै भैरवहा विमानस्थलबाट काठमाडौँ फर्कने तयारीमा हुनुहुन्थ्यो । तर पक्राउ पर्न सक्ने डरले उहाँले स्थलमार्गबाट काठमाडौँ आउने तयारी गर्नुभएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी कार्कीले उहाँको खोजी भइरहेको बताउनुभएको छ । उहाँका अनुसार हालसम्म रायमाझी पक्राउ पर्नुभएको छैन ।

रायमाझीको नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग निकट सम्बन्ध देखिएको बताइएको छ । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उहाँको निजी सहायक थिए । भण्डारी ललितपुरका व्यवसायी हुन् ।

उनीहरुले रायमाझीलाई विभिन्न स्थानमा घुमाउनेदेखि उहाँका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेकसमेत काटिदिएका थिए । छोरा सन्दीपलाई पनि प्रहरीले गएराति नै बुटवलबाट पक्राउ गरेर अदालतमा उपस्थित गराइसकेको छ ।