९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दुई खेल अगावै पाकिस्तानले जित्यो सिरिज

दुई खेल अगावै पाकिस्तानले जित्यो सिरिज
Pakistan’s cricketers celebrate after winning the series against New Zealand [Asif Hassan/AFP]
अ अ+ अ-

एजेन्सी । पाकिस्तानले बुधबार भएको तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई २६ रनले हराउँदै दुई खेल अगावै सिरिज हात पारेको छ । पाँच खेलको ओाडिआई सिरिजमा पाकिस्तानले ३–० को अग्रता लिएसँगै सिरिज आफ्नो नाममा गरेको हो ।

जितको लागि २ सय ८८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९.१ ओभरमा २ सय ६१ रन बनाउदै अलआउट भयो । न्युजिल्यान्डका ओपनर टम ब्लन्डेलले ७८ बलमा ७ चौकासहित ६५ रनको अर्धशतकिय ईनिङ खेले। अर्का ओपनर विल योंगले ४१ बलमा ३ चौकासहित ३३ रन बनाउदा डर्याल मिचेल २१, मार्क च्यापम्यान १३, हेनरी निकोलस १, एडम मिल्ने ३ र हेनरी शिफ्ले ७ रनमा सिमित रहे ।

यस्तै, कोले म्याककोन्ची ४५ बलमा ६ चौका र २ छक्कासहित ६४ रनमा नटआउट रहँदा टम लाथम ४५ रनमा आउट भए ।

बलिङतर्फ पाकिस्तानका शाहिन अफ्रिदीले नौ ओभरमा ५३ रन खर्चेर दुई विकेट लिए । यस्तै, नसिम शाह र मोहम्मद वासिम जुनियरले समान दुई दुई विकेट लिदा अघा सलमानले एक विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रनको योगफल बनायो । पाकिस्तानका इमाम उल हकले १ सय ७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ९० रन बनाए। कप्तान बाबर आजम ६२ बलमा ३ चौका र १ छक्कासहित ५४ रन बनाउदा ओपनर फखार जमान १९ रनमा आउट भए ।

यस्तै, अब्दुल्लाह शफिक १९, मोहम्मद रिजवान ३२ र अघा सलमान ३१ रनमा आउट हुँदा मोहम्मद नवाज ११ र शादब खान २१ रनमा नटआउट रहे ।

न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा २ मेडनसहित ३ विकेट लिए । एडम मिल्नेले १० ओभरमा १ मेडनसहित २ विकेट लिए ।

यसै सिरीजको पहिलो खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेल ७ विकेटले जितेको थियो । अब बाकिँ रहेको दुई खेल शुक्रबार र आइतबार हुनेछ ।