• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा हिजो पक्राउ परेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ ।

बुधवार भैरहवामा पक्राउ परेका सन्दीपलाई आज बुद्ध एयरको विमानमार्फत् काठमाडौँ ल्याइएको हो ।

अब उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर म्याद थप गरी अनुसन्धान हुने एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । पाण्डेलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति समेत दिएको छ ।

सोही प्रकरणमा अर्का योजनाकार पूर्वगृहसचिव रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।