५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा हिजो पक्राउ परेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ ।

बुधवार भैरहवामा पक्राउ परेका सन्दीपलाई आज बुद्ध एयरको विमानमार्फत् काठमाडौँ ल्याइएको हो ।

अब उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर म्याद थप गरी अनुसन्धान हुने एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । पाण्डेलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति समेत दिएको छ ।

सोही प्रकरणमा अर्का योजनाकार पूर्वगृहसचिव रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।