२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतले अविलम्व प्रधानन्यायाधीश पाउनुपर्छः अध्यक्ष घिमिरे



अ+ अ-

काठमाडौँ । अविलम्व प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ ।

बुधवार पनि नेपाल बार परिसरमा कानून व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् । उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका प्रमुख अविलम्व पाउनुपर्ने बताउनु भयो । उहाँले अटोमेटिक ढंगबाट पेशी व्यवस्थापन प्रणाली हुनुपर्ने पनि बताउनु भयो । उहाँले नेपालका विभिन्न निकायहरु आफ्नो भुमिकाबाट टाढिँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको न्यायपालिकाले प्रमुख पाउन नसकेको विषय प्रमुख रुपमा रह्यो । अटोमेटिक ढंगबाट पेशी व्यवस्थापन सिस्टम अगाडी बढ्न सकेन । बेथितिको कुरा एकातर्फ मात्रै छैन । बेथितिको कुरा जताततै छ । संसद बेखबर छ । सरकार बेखबर छ । कयौँ विषयहरुमा न्यायपालिका पनि बेखबर छ । यो सबै विषयमा हामीले उठाउनुपर्ने आवश्यकता छ ।

यो उठाउने ठाउँ भनेको एउटा प्रमुख स्टेक होल्डर भएको नाताले हामी कानून व्यवसायी नै हो । हामीले उठाइराखेका छौँ । यो हाम्रो धर्म हो । नेपाली जनता एकातर्फ न्याय नपाएर रुँदै हिँड्नुपर्ने अवस्थाको विद्यमानता छ भने अर्कोतर्फ नेपालका जुन निकायहरु छन्, जुन जिम्मेवार निकायहरु छन् । ति जिम्मेवार निकायहरु आफ्नो भुमिकाबाट च्युत भएको अवस्था छ । आफ्नो भुमिकाबाट पर सरेको अवस्था हामी देख्दैछौँ ।’

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिको लागि नभइ संस्थाको लागि र अदालतमा भइरहेको गलत कामहरुको लागि भएको बताउनु भयो । उहाँले उच्च र जिल्ला अदालतहरुमा बाँकी न्यायाधीश तत्काल पूर्ति गर्नुपर्ने माग गर्नुभयो ।

कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।

 

 




भर्खरै