९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह बन्धनमा बाँधिए रियाशा र भिक्टर



अ+ अ-

काठमाडौं । कमेडी सिरियल तथा युट्यूवमा कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्द (आरओएनवी)का सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् ।

भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा उनीहरूले लामो समयदेखि प्रेम सम्बन्धमालाई विवाहमा परिणत गरेका हुन् ।

उनीहरूको बिहेमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए ।

भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा रहेको बताइन्छ ।

युट्यूवमा प्रशारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’ बाट रियाशा चर्चामा आएकी थिइन् ।

यता, भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । भिक्टरले यही पेजबाट ‘रुटिने’ उपनाम पाएका हुन् ।

तस्बिरः अल्फा पिक्चर्स नेपाल