१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह बन्धनमा बाँधिए रियाशा र भिक्टर



अ+ अ-

काठमाडौं । कमेडी सिरियल तथा युट्यूवमा कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्द (आरओएनवी)का सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् ।

भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा उनीहरूले लामो समयदेखि प्रेम सम्बन्धमालाई विवाहमा परिणत गरेका हुन् ।

उनीहरूको बिहेमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए ।

भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा रहेको बताइन्छ ।

युट्यूवमा प्रशारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’ बाट रियाशा चर्चामा आएकी थिइन् ।

यता, भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । भिक्टरले यही पेजबाट ‘रुटिने’ उपनाम पाएका हुन् ।

तस्बिरः अल्फा पिक्चर्स नेपाल