२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने



अ+ अ-

काठमाडौं । सरकारले एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

साथै, बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने निर्णय पनि गरेको छ । नेपालले मंगलबार भएको फाइनलमा युएईलाई पराजित गर्दै एसिसी प्रिमियर कप च्याम्पियन बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।