• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

आईपीएलमा आज दुई खेल: लखनउ र चेन्नई तथा मुम्बई र पञ्जाब भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज बुधबार दुई खेलहरु हुदैछ ।

आज हुने पहिलो खेलमा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबीचमा प्रतिस्पर्धा हुदैछ । लखनउको भारत रत्न श्री अटल बिहारी बाजपेयी एकना स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउसाकोे ३ः४५ बजेबाट सुरु हुनेछ ।

दुबै टोलि यस सिजनको दशौँ खेल खेल्दैछन् । लखनउ नौ खेलमा पाँचमा जित र चारमा हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ । अर्कोतर्फ चेन्नई पनि नौ खेलमा पाँचमा जित र चारमा हारसहित १० अंकसहित चौथो स्थानमा छ।

अन्तिम खेलमा लखनउलाई रोयल च्यालेन्जर्स बैंग्लोरले घरेलु मैदानमा पराजित गरेको थियो। यस्तै, चेन्नईले पनि घरेलु मैदानमा पञ्जाब किंग्सविरुद्ध हार बेहोरेको थियो। आईपीएल २०२३ अंक तालिकाको शीर्ष चारमा रहन दुवै टोली जितको खोजीमा हुनेछन्।

लखनऊ सुपर जायन्ट्सको सम्भाबित प्लेईङ ११
केएल राहुल (कप्तान) , मार्कस स्टोइनिस, यश ठाकुर, काइल मेयर्स, दीपक हुडा, क्रुणाल पाण्ड्या, कृष्णप्पा गौथम, निकोलस पूरन (विकेटकीपर), रवि बिश्नोई, अमित मिश्रा, नवीन उल हक ।

चेन्नई सुपर किंग्सको सम्भाबित प्लेईङ ११
रुतुराज गायकवाड, डेभोन कोनवे, अम्बाती रायडु, अजिंक्य रहाणे, मोइन अली, रवीन्द्र जडेजा, शिवम दुबे, एमएस धोनी (कप्तान/विकेट किपर), तुषार देशपांडे ।

यस्तै, आज नै हुने दोस्रो खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्स खेल्दै छन् । मोहालीको आईएस बिन्द्रा रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।

पञ्जाब नौ खेलमा पाँचमा जित र चारमा हारसहित १० अंकको साथ तालिकाको छैठौँ स्थानमा छ । यस्तै, मुम्बई ८ खेलमा चारमा जित र चारमा हारसहित ८ अंकसहित सातौँ स्थानमा छ।

आफ्नो अन्तिम खेलमा, पञ्जाब ले चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने मुम्बईले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो ।

पञ्जाब किंग्सको सम्भावित प्लेईङ ११

शिखर धवन (कप्तान), अथर्व तायडे, सिकन्दर राजा, लियाम लिभिङस्टोन, साम कुरान, जितेश शर्मा (विकेटकीपर), शाहरुख खान, हरप्रीत ब्रार, कागिसो रबाडा, राहुल चाहर, अर्शदीप सिंह।

मुम्बई इन्डियन्सको सम्भावित प्लेईङ ११

रोहित शर्मा (कप्तान) , इशान किशन (विकेटकीपर), तिलक वर्मा, सूर्यकुमार यादव, टिम डेभिड, क्यामरन ग्रीन, जोफ्रा आर्चर, पियुष चावला, कुमार कार्तिकेय, रिले मेरेडिथ, अरशद खान।