१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले गुजरातलाई पाँच रनले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पाँच रनले पराजित गरेको छ । दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा जम्मा १२५ रन मात्रै बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको दिल्लीको सुरुवात बिर्सनलायक बन्यो । खेलको पहिलो बलमै विकेट गुमाएको दिल्लीले पावर प्लेमा पाँच विकेट गुमाएर जम्मा २८ रन बनाउन सक्यो ।

सुरुआतदेखि संकटमा फसेको दिल्लीका लागि मध्यमक्रममा ब्याटर अक्सर पटेल, अमन हाकिम खान र रिपल पटेलले सम्हाले । अक्सलले २७ रन बनाउँदा अमन हाकिम खानले ४४ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ५१ रनको अर्धशतकीय पारी खेले । साथै रिपल पटेलले २३ रन बनाए । गुजरातका लागि मोहम्मद सामीले चार, मोहित शर्माले २ र राशिद खानले एक विकेट लिए ।

सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको गुजरातको सुरुआत राम्रो भएन । गुजरातले ओपनर ऋद्धिमन शाह र शुभमन गिललाई सस्तैमा गुमायो । कप्तान हार्दिक पाण्डेले अविजित ५९ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । मध्यमक्रममा ब्यााटर अभिनभ मनोहरले २६ र राहुल तेवाताईले २० रन बनाउँदै खेललाई अन्तिमसम्म पुर्याए ।

यो जितसँगै दिल्लीले प्रतियोगितामा सम्भावना कायमै राखेको छ । नौ खेल खेलबाट गुजरात १२ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको दिल्ली ६ अंकका साथ तालिकाको पुच्छारमा छ ।