२३ श्रावण २०८३, शनिबार
,
Latest
एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता ‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’ दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने सरकारको तयारी



अ+ अ-

काठमाडौँ । सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताउनु भएको हो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गईरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पार्नु भयो । महानिर्देशक बैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘केही सस्तो र मिठो खाजाको रुपमा चाँही स्ट्रिट फूडहरु एउटा राम्रो अल्टरनेटिभ हो । सबै जनाले फाईन डाईनिङ मात्रै गर्न सक्दैन । त्यसकारणले त्यो स्ट्रिट फुड चाँही फुड प्वाईजनिङ हुनु भएन । यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । हामीले केही अगाडि देखिनै विभागबाट पनि यसको एउटा कार्यविधि बनाऊ । र, कार्यविधिमा अहिले हामीले तुरुन्तै गर्न सक्ने एउटा कुरा चाँही टडकारो रुपमा देखिएको र खड्केको कुरा चाँही जुन न्युज पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ ।

त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ । मालपुवा, सेलरोटीहरु पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । र, हामी त्यसरी समोसाहरु पनि खाईराखेका हुन्छौं । फुड प्वाईजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ । यसमा अवेयर पनि गराउने र क्रमशः यसलाई हामीले प्रतिबन्ध लगाएर खाद्य ऐन बमोजिम यस्तो हानिकारक चिजहरुलाई हामी प्रतिबन्ध लगाउन सक्छौं । र, त्यो बाटोमा पनि हामी लाग्नुपर्ने देखिन्छ ।’

खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।