२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवद्वारा शपथग्रहण



अ+ अ-

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराउनुभएको हो ।

यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित हुनुभएको थियो । उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसक्नुभएको छ ।