२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षपछि मैदानमा विराट–गम्भीरको झगडा, दुबैलाई लाग्यो जरिवाना



अ+ अ-

एजेन्सी । लखनउमा भएको आईपीएल खेलमा विराट कोहली र गौतम गम्भीरको भिडन्त फेरि एकपटक देखिएको छ । दुवै एक अर्काको अगाडि आए । ५ मिनेटसम्म चर्को बहस भयो ।

कुरा यति बढ्यो कि एलएसजीका कप्तान केएल राहुल र सिनियर खेलाडी अमित मिश्राले हस्तक्षेप गर्नु परेको थियो । यसपछि पनि कोहली र गम्भीर एकअर्कासँग रिसाए । यसअघि सन् २०१३ मा पनि यी दुईबीच चर्को बहस भएको थियो ।

खेलको क्रममा विराटले नवीन उल हकलाई जुत्ता देखाएर अपमान पनि गरेका थिए । विवादपछि एलएसजीका प्रशिक्षक गौतम गम्भीर र आरसीबीका पूर्व कप्तान विराट कोहलीलाई आईपीएलको आचार संहिता उल्लंघन गरेको आरोपमा खेल शुल्कको १०० प्रतिशत जरिवाना गरिएको छ । एलएसजीका बलर नवीन उल हकलाई पनि म्याच फीको ५० प्रतिशत जरिवाना गरिएको छ । कोहली र नवीनले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

यस खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपरजायन्ट्सलाई १८ रनले पराजित गरेको थियो ।

न त तथ्य न सत्य – कोहली
खेलपछि विराटले इन्स्टाग्राममा पोस्ट गरेका छन् । यसलाई सफाईको रुपमा हेरिएको छ । लेखेका छन्, ‘हामीले जे सुन्छौं, त्यो राय हो, तथ्य होइन । हामीले देख्ने सबै कुराको दृष्टिकोण हो, सत्य होइन।’

आरसीबीका खेलाडीहरू विराटसँगै गए । विराट त्यसपछि लखनउका अलराउन्डर काइल मेयर्ससँग कुराकानी गर्न थाले । त्यसपछि गम्भीर आए र मेयर्सलाई आफूसँगै लैजान थाले । त्यतिकैमा गम्भीरले केही भन्न थाले । कोहलीले जवाफ दिए । विवाद बढ्दै गएपछि दुवै खेलाडीबीच झडप भयो । अम्पायर र सिनियर खेलाडी अमित मिश्रा र लखनउ कोचिङ स्टाफ सदस्य विजय दहियाले हस्तक्षेप गरे ।

यसअघि १० अप्रिलमा, लखनउ सुपर जायन्ट्सले यस सिजनको १५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई आफ्नो घरमा पराजित गर्यो । एम चिन्नास्वामी स्टेडियममा आरसीबीले २१२ रन बनाएको थियो । लखनउले खेलको अन्तिम बलमा लक्ष्य प्राप्त गर्यो । यो जितपछि लखनऊका मेन्टर गौतम गंभीरले आरसीबीका फ्यानहरूलाई अनुहारमा औंला राखेर चुप लाग्न इशारा गरेका थिए ।

दश वर्षअघि अर्थात सन् २०१३ मा आईपीएलको छैटौं सिजनको खेलपछि दुई खेलाडीबीच मैदानमा झडप भएको थियो । त्यतिबेला विराट कोहली आरसीबीमा थिए भने गौतम गम्भीर कोलकाता नाइट राइडर्सका कप्तान थिए ।