२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डको घोषणा: प्रधानमन्त्री रोजगार कार्यक्रम बदलिन्छ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असफल भइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताउनुभएको छ ।

चितवनमा भएको एक कार्यक्रममा उहाँले सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै पहिलाका कतिपय कार्यक्रम असफल भएकाले तिनलाई बदल्ने बताउनुभयो । “प्रधानमन्त्री रोजगार कार्यक्रम आदि कार्यक्रमले नतिजा राम्रो दिएन, तिनीहरुलाई बदल्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार अनुदानका कार्यक्रमहरुमा समेत फेबदल गर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “जसरी अनुदान वितरण गर्ने तरिका अपनाइयो । वास्तविक किसान जसले काम गर्छ उनीहरुकहाँ त्यो अनुदान पुगेको छैन् । बिचौलियाले नै त्यो अनुदानबाट फाइदा उठाएको भन्ने व्यापकरुपले आयो । त्यसकारण त्यस्ता कार्यक्रम म बदल्दैछु ।”

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने जानकारी दिनुभयो । “अहिलेको बजेटको फोकस युवाहरुलाई सम्बोधन गरेर रोजगार सिर्जना गर्नेमा नै हुन्छ । कृषिमा नै हुन्छ । उद्योगहरुमा पनि कृषिमा आधारित कृषिमै जोड हुन्छ”, उहाँले भन्नुभयो ।