• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

प्रधानमन्त्री प्रचण्डको घोषणा: प्रधानमन्त्री रोजगार कार्यक्रम बदलिन्छ



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असफल भइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताउनुभएको छ ।

चितवनमा भएको एक कार्यक्रममा उहाँले सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै पहिलाका कतिपय कार्यक्रम असफल भएकाले तिनलाई बदल्ने बताउनुभयो । “प्रधानमन्त्री रोजगार कार्यक्रम आदि कार्यक्रमले नतिजा राम्रो दिएन, तिनीहरुलाई बदल्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार अनुदानका कार्यक्रमहरुमा समेत फेबदल गर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “जसरी अनुदान वितरण गर्ने तरिका अपनाइयो । वास्तविक किसान जसले काम गर्छ उनीहरुकहाँ त्यो अनुदान पुगेको छैन् । बिचौलियाले नै त्यो अनुदानबाट फाइदा उठाएको भन्ने व्यापकरुपले आयो । त्यसकारण त्यस्ता कार्यक्रम म बदल्दैछु ।”

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने जानकारी दिनुभयो । “अहिलेको बजेटको फोकस युवाहरुलाई सम्बोधन गरेर रोजगार सिर्जना गर्नेमा नै हुन्छ । कृषिमा नै हुन्छ । उद्योगहरुमा पनि कृषिमा आधारित कृषिमै जोड हुन्छ”, उहाँले भन्नुभयो ।