• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

गुल्शन झा बने ‘प्लेयर अफ द म्याच’



काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध नेपालले ऐतिहासिक जित हात पारेको छ । युएईलाई ७ विकेटले पराजित गरेसँगै नेपालले सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको छ ।

नेपालको ऐतिहासिक जितमा गुल्शन झा ‘प्लेयर अफ द’ म्याच बनेका छन् । गुल्शन ३ चौका र ६ छक्का प्रहार गर्दै ६६ रनमा नटआउट रहे । साथै, सोमबार भएको खेलमा उनले एक विकेट लिएका थिए । उनले युएईका बासिल हमिदलाई आउट गराएका थिए ।

सातौ ओभरको अन्तिम बलमा रोहन मुस्ताफाको हातबाट कप्तान रोहित पौडेल आउट भएसँगै २२र३ को अवस्थामा पुगेको नेपालको लागि गुल्शन र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । उनीहरुले ९२ रनको अविजित साझेदारी गरेका थिए ।

एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।