• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   ७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण ★   स्वास्थ्यमा सुधार नआएपछि कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी ★   मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छ: उपाध्यक्ष शाक्य ★   संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्रीलाई हस्तान्तरण ★   टीओआरमा ४ बुँदे सहमति (पूर्णपाठसहित) ★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

युएईलाई ७ विकेटले हराउदै नेपाल एसिया कपमा



काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालले ऐतिहासिक जित हात पारेको छ । युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको छ ।

युएईले दिएको सामान्य १ सय १८रनको लक्ष्य नेपालले ३०.३ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो । नेपालको जितमा गुल्शन झाले अर्धशतकिय ईनिङ खेले । उनले ३ चौका र ६ छक्का प्रहार गर्दै ६६ रन बनाए । सातौ ओभरको अन्तिम बलमा रोहन मुस्ताफाको हातबाट कप्तान रोहित पौडेल आउट भएसँगै २२/३ को अवस्थामा पुगेको नेपालको लागि गुल्शन र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । भीमले ३६ रन बनाए ।

नेपालका ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल एक एक रन बनाएर आउट भएका थिए । यस्तै, अर्का ओपनर आसिफ शेख ८ रन बनाएर एलबिडब्ल्यू आउट भएका थिए ।

युएईको लागि रोहन मुस्ताफाले सर्वाधिक 2 विकेट लिए । यस्तै, आसिफ अफजल खानले एक विकेट लिए

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३३ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । सोमबार २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमाएको थियो । नेपालका लागि स्पिनर ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५४ रन बनाएका थिए। ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिदले २७ बलमा १० रन बनाउदा कप्तान मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रनमा आउट भएका थिए।

नेपालका लागि ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।

एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।