११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएई अलआउट, नेपाललाई ११८ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलमा यूएई अलआउट भएको छ ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यूएईले आज थप ११ रनमात्रै जोड्न सक्यो । अन्तिम विकेटका रुपमा ललित राजवंशीले जुनैद सिद्दिकीलाई आउट गरेपछि यूएई सस्तैमा समेटिएको हो । नेपाल केही बेरमा जवाफी ब्याटिङ उत्रनेछ । हिजो वर्षाका कारण खेल रोकिएपछि आज सोही खेललाई निरन्तरता दिइएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले वर्षाले खेल अवरुद्ध गर्नुअघि हिजो २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । सोही खेललाई आज निरन्तरता दिइएको हो ।

यूएईलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले चार विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । साथै सोमपाल कामी, गुलसन झाले पनि एक एक विकेट लिए । यूएईका लागि सबैभन्दा बढी आसिफ खानले ४६ रन बनाए । साथै आर्यान लार्काले १३, मुहम्मद वासिमले ११ रन बनाए भने जहुर खान र वासिल हमिदले समान १० रन बनाए ।

आज पनि वर्षाको उत्तिकै सम्भावना छ । यदी आज पनि वर्षाका कारण खेल हुन सकेन भने नतिजा सुपर ओभरका आधारमा निकालिनेछ । वर्षाका कारण सुपर ओभर पनि सम्भव नभएमा नेपाल ओडीआई बरियताका आधारमा स्वतः एसिया कपका लागि छनोट हुनेछ । ओडीआई बरियतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् ।