११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही

प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही
अ अ+ अ-

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन् । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो ।

केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको छ । यस वर्ष जन्मिएका घडियाल गोहीहरू वयस्क भएपछि प्राकृतिक बासस्थानमा छाडिने निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । तिवारीका अनुसार हाल प्रजनन केन्द्रमा साना–ठूला सबै गरी छ सय ४० घडियाल छन् ।

‘निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका वयस्क घडियाललाई सन् १९८१ बाट देशका विभिन्न नदीमा लगेर छाड्ने गरिएको छ’, उहाँले भन्नुभयो, ‘अहिले प्रजनन केन्द्रमा तीन सय सात नयाँ जन्मिएका, ७२ एक वर्ष उमेर समूहका, एक सय ८७ किशोरावस्थाका, ४१ उपवयस्क र ३३ वयस्क घडियाल रहेका छन् ।’

केन्द्रमा हुर्किएका घडियाललाई निकुञ्जले बर्सेनि राप्ती, नारायणी नदीमा छाड्ने गरेको छ । प्रजनन केन्द्रमा हुर्किएका घडियालहरू निकुञ्जले हालसम्म देशका अन्य नदीहरू सप्तकोशी, बबई, कर्णाली र कालीगण्डकीमा लगेर प्राकृतिक बासस्थानमा छाडिसकेको अधिकृत तिवारीले बताउनुभयो ।

उहाँका अनुसार १९८१ बाट हालसम्म एक हजार आठ सय ५२ घडियाललाई प्रजनन केन्द्रमा हुर्काइएर प्राकृतिक बासस्थानमा छाडिएको छ । ‘प्रजनन केन्द्र स्थापनापछि हालसम्म राप्तीमा एक हजार एक सय ३२, नारायणीमा चार सय १९, सप्तकोशीमा एक सय १५, बबईमा एक सय १०, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा घडियाल छाडिएको छ’, उहाँले भन्नुभयो, ‘अहिले कालीगण्डकी नदीमा घडियाल भेटिएको छैन । सप्तकोशीमा गत वर्ष केही घडियाल देखिएको थियो भने अन्य नदीमा घडियाल सहजै देख्न सकिन्छ ।’

प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिएको गोहीमध्ये थोरैमात्रै जीवित रहने गरेको पाइएको उहाँले बताउनुभयो । ‘राप्तीमा छाडिएका गोहीहरूको बाँच्ने प्रतिशत अलि बढी छ’, उहाँले भन्नुभयो, ‘अन्य नदीमा छाडिएका गोही हराउने गरेका छन्, केही नदीहरू बग्दै भारततर्फ जाने गरेका छन् भने केही गोही विभिन्न कारणले मर्ने गरेका छन् ।’ नारायणीबाट बग्दै भारततर्फ गएको गोहीहरू नवलपुरको त्रिवेणीस्थित भैसालोटन पुलबाट नेपालतर्फ फर्किन नसक्ने अधिकृत तिवारीले बताउनुभयो ।

‘नदी प्रणालीमा रहेका गोही पनि बोटेहरूले माछा मार्न प्रयोग गर्ने तियारी जालमा अल्झिएर मर्ने गरेका छन्’, उहाँले भन्नुभयो, ‘हामीले तियारी जाल प्रयोग गरेर नदीमा माछा मार्न प्रतिबन्ध लगाएका छौँ । तर लुकीछिपी तियारी जाल प्रयोग हुँदा सङ्कटापन्न अवस्थामा रहेका गोही त्यो जालमा जेलिएर मर्ने गरेका छन् ।’ निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियाललाई उद्धार गर्ने गरेका छन् । प्राकृतिक बासस्थानमा जोखिमयुक्त अवस्थामा रहेका घडियालका अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लगेर बच्चा जन्माउने गरिएको छ । – रासस