१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा ३६ विभाग गठन



अ+ अ-

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समिति बैठकले पार्टीका ३६ विभाग गठन गरी ती विभागमा विभागीय प्रमुख तोकेको छ ।

बैठकले अर्थ नीति विभागको प्रमुखमा सो पार्टीका सांसद स्वर्णिम वाग्लेलाई तोकेको छ भने नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ । यसैगरी कविन्द्र बुर्लाकोटीलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

त्यसैगरी शिशिर खनाललाई अन्तर्राष्ट्रिय विभाग, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, शिक्षा विभाग सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभाग डा तोसिमा कार्की, कृषि तथा सहकारी विभाग अशोक चौधरी र सार्वजनिक लेखा समिति विभागको प्रमुखमा मनिष झालाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । रासस