• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

रास्वपाले सरकारलाई दिएको समर्थनबारे शुक्रबार निर्णय गर्ने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुनेबारे आगामी शुक्रबार निर्णय गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा अहिले बसिरहेको केन्द्रीय कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेभन्नेबारे शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको बैठकले निर्णय गर्ने एक केन्द्रीय सदस्यले न्युजपोलारलाई बताउनुभएको छ ।

आजै अपराह्न ३ बजे पार्टी रास्वपा संसदीय दलको बैठक बस्दैछ । बैठकले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गर्नेछ ।

संसदीय दलको नेताबाट डिपी अर्यालले राजीनामा दिएपछि हाल उक्त पद खाली छ । अर्यालले पार्टी सभापति लामिछाने नै दलको नेता हुनुपर्ने भन्दै राजीनामा दिनुभएको थियो ।