११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

रास्वपाको बैठक: सरकारलाई दिएको समर्थन बारे छलफल

रास्वपाको  बैठक: सरकारलाई दिएको समर्थन बारे छलफल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अहिले बसिरहेको छ । केन्द्रीय समितिको बैठक विहान ११ बजे बस्नेछ भने संसदीय दलको बैठक आज दिउँसो ३ बजे तय भएको छ ।

पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने विषयमा छलफल गर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान पार्टी सभापति रवि लामिछानेसँगको भेटमा सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । तर लामिछानेले भने कुनै प्रतिक्रिया दिनुभएको छैन । आज बस्ने बैठकले सरकारमा सहभागी हुने वा दिएको समर्थन फिर्ता भन्ने विषयमा निर्णय लिन सक्नेछ ।

यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएपछि पार्टी सभापति लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गर्नुभएको थियो ।

“सरकारलाई (दिएको समर्थनको) निरन्तरताको औचित्य देखिएको छैन। त्यस कारण काठमाडौँ फर्किसकेपछि हामी छलफल गर्छौँ”, उहाँले भन्नुभएको थियो ।

“स्थिरता नै रहोस् भनेर समर्थन गरिदिएका हौँ। तर स्थिरताकै नाममा जे पनि गर्नुलाई नोटिसमा लिएका छौँ”, उहाँले भन्नुभएको थियो ।

तर प्रधानमन्त्री प्रचण्डले रास्वपा आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।” रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै उहाँले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताउनुभयो ।

सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको थियो । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “रास्वपका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।”

आजै दिउँसो पार्टीको संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको नेताबाट डिपी अर्यालले राजीनामा दिएपछि हाल उक्त पद खाली छ । अर्यालले पार्टी सभापति लामिछाने नै दलको नेता हुनुपर्ने भन्दै राजीनामा दिनुभएको थियो ।