२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप फाइनलः वर्षाका कारण टियुमा खेल रोकियो



अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको हो । टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ भने युएई ब्याटिङमा छ । युएई १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रनको स्थितीमा छ ।

आजको खेलमा युएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेमा नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

वर्षाका कारण आजको खेल अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङको खेल २० ओभरसम्म भए डकवर्थ लुईस पद्धति (डिएलएस)बाट खेलको नतिजा लिइनेछ । त्यो पनि सम्भव नभएमा सुपर ओभर गर्ने समय रहे सुपर ओभरबाट नतिजाको छिनोफानो लगाइनेछ । पहिलो सुपर ओभर टाई भए , दोस्रो सुपर ओभर हुनेछ । यदि त्यो पनि टाई भए, एकदिवसीय वरियतामा अगाडि रहेको टिमले एसिया कपमा स्थान बनाउनेछ ।