१७ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः उपाधिका लागि नेपालले युएईसँग खेल्दै



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ ।

नेपालले समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो ।

उता युएईले सेमिफाइनलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अन्तिम बलमा विकेट लिँदै रोमान्चक रुपमा युएई फाइनलमा पुगेको थियो ।

आज फाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना छ । काठमाडौंमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा भएमा खेल जहाँ रोकिएको छ अर्को दिन अर्थात् मंगलबार त्यहिँबाट नै सुरु हुनेछ । यदि मंगलबार खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ ।

सुपर ओभर टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि हुन सक्ने अवस्था नरहेको खण्डमा नेपाल आइसिसी वरियताको कारण एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।