२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक अभिनन्दनका लागि जुम्ला पुग्न नसकेका पूर्वराजाबाट सर्वसाधारण र आयोजकप्रति कृतज्ञता प्रकट



अ+ अ-

काठमाडौँ । जुम्लाको सदरमुकाम खलङ्गामा आज हुने भनिएको पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन प्रतिकूल मौसमका कारण हुन सकेन ।

खराब मौसमका कारणनेपालगञ्जबाट जुम्ला जान नसकेपछि पूर्वराजा शाहले आफू उपस्थित हुन नसके पनि आफ्नो स्वागतका लागि उत्साहपूर्वक उपस्थित भएका सर्वसाधारण र आयोजकप्रति कृतज्ञता प्रकट गर्नुभएको छ ।

पूर्वराजा शाह हाल नेपालगञ्जमा रहनु भएको छ । खराब मौसमका कारण जुम्ला जान नसकेपछि भ्रमण स्थगित भएको पूर्वराजा शाहको सचिवालयले जनाएको छ।

‘दिनभर नेपालगञ्ज र जुम्लाको मौसम प्रतिकूलताका कारण विमान उड्न नसकेकाले बाध्यतावस भ्रमण स्थगित हुन पुगेको छ,’ पूर्वराजा शाहको सचिवालयले जनाएको छ ।