६ श्रावण २०८३, बुधबार
,
Latest
एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः मनाङको खराब लय कायमै



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी शहीद स्माकर ए डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवको खराब लय छैटौं खेलमा पनि कायमै रहेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाईज युनाईटेडसँग ३–० गोल अन्तरले पराजित भएसँगै यस सिजन मनाङको खराब लय कायमै रहेको हो । यससँगै मनाङले छैठौं खेलमा पनि पराजय भोगको छ ।

निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौषम सुब्बा र साइमन लिम्बुले एक÷एक गोल गरे । सबै गोल ४० मिनेटपछि मात्र सम्भव भएका हुन् । खेलको ४१ औं मिनेटमा चर्च ब्वाईजले कप्तान अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । सुशिल शाहको क्रसमा कप्तान अनन्तले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए । खेलको ५५ औं मिनेटमा मौषमले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएपछि खेलको इन्जुरी समयमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित निश्चित गराएका हुन् ।

यससँगै जारी सिजन चर्च ब्वाइजले पाँचौं जित निकाल्न सफल भएको छ । चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो । मनाङले १३ खेलमा १५ अंक जोडेको छ ।

यस्तै खराब मौसमका कारण शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल शनिवारकै नतिजा १–१ मा टुङ्गीएको छ । यससँगै दुवै टोलीले १÷१ अंक बाँडेका छन् । शनिवार स्थगित हुनुपूर्व नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । शनिवार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आईतवार भएको हो । यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलबाट जावलाखेल र संकटा क्लवले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खराब मौसमका कारण स्थगित पूर्व शनिवार लिएको एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाँड्नुपरेको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर, आइतबार सम्पन्न बाँकी खेल अन्र्तगतको खेलमा संकटाले बराबरी गोल गर्न सफल भएको हो ।

५१ मिनेपछि खेलाइएको खेल खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । शनिवार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल शीर्ष स्थानमा कायम रहेको छ । संकटा १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।