२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोनवेको विस्फोटक ब्याटिङमा चेन्नईले पञ्जावलाई दियो २०१ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई २०१ रनको विजयी लक्ष्य दिएको छ ।

चेन्नईको एम चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा २०० रन जोडेको हो ।

चेन्नईका लागि डेभोन कोनवे ५२ बलमा ९२ रनसहित अविजित रहे । उनले १६ चौका र १ छक्का प्रहार गरे । यस्तै, ऋतुराज गायकवणले ३१ बलमा ३७, शिवम दुबेले १७ बलमा २८ रन जोड्दा महेन्द्र सिंह धोनीले ४ बलमा १३ रन जोडे । धोनीले अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै चेन्नईको स्कोर २०० पुर्याए ।

बलिङतर्फ पञ्जावका अर्शदीप सिंह, साम करण, सिकन्दर राजा र राहुल चाहरले एक–एक विकेट लिए ।