१७ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको कारणले खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा वर्षाको कारणले खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।

वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि ओडिआई वरियताको आधारमा प्रिमियर कपमा तेस्रो हुदै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।

जितको लागि कुवतले दिएको १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल रद्द गरिएको हो । ओमान ओडिआई वरियता १८ औं स्थानमा छ । उता, कुवेत भने ओडिआई टोली होईन ।

ओमानका जतिन्दर सिंह १९ बलमा ३ चौका र १ छक्कासहित २६ र कश्याप प्रजापति १३ रनमा अविजित थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले ३१.३ ओभरमा १ सय ३० रनमा अल आउट भएको थियो ।कुवेतका लागि ओपनर आदनान इद्रिसले ४८ बलमा सर्वाधिक ३४ रन बनाउँदा सईद मुनिबले १० बलमा २८ रन बनाए । यासिन पटेलले १७ रन जोड्दा राजिब सान्दारुवान र कप्तान मोहम्मद अस्लामले समान १२/१२ रन थपे ।

ओमानका लागि जय ओडिडराले ५ दशमलब ३ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए । यस्तै, बिलाल खानले २ तथा आयान खान,जिशान मक्शुद र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।

फाइनलमा पुग्दै नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरिसकेका छन् ।