२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलाकालिका केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल चितवनमा



अ+ अ-

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ । आज दिउँसो उहाँ जहाजबाट चितवन आउनुभएको हो ।

नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल चितवन आउनुभएको हो । योसँगै प्रधानमन्त्री दाहालले सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री’, बिहान हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल आज शिवनगरस्थित आफ्नै निवासमा रहने कार्यक्रम छ । उहाँ सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताउनुभयो ।